६ मे सिड्नी ।
रुस बिमानस्थल बाट उडेको केहि बेरमै बिमानमा समस्या देखिएपछि मस्को बिमानस्थलमा आकस्मिक अबतरण गर्ने क्रममा बिमानमा आगलागी हुदा कम्तिमा ४१ को निधन भएको एजेन्सीले लेखेका छन् ।विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन् ।
रुसको सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ ।सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो घटनामा मारिएका परिवारका सदस्यलाई समवेदना जनाएका छन् । सो घटनाको भिडियो अष्ट्रेलियाको स्थानीय टेलिभिजन ७ न्युजले केहि समय अघि मात्रै प्रसारण गरेको छ ।
https://www.facebook.com/7NEWSsydney/videos/326249114928634/