बिवाह मण्डपमै दुलाह पब्जी खेलमा ब्यस्त कसरी भयो भिडियो भाईरल ?

  NTV NPL

एजेन्सी ।

अहिले समाजिक संञ्जालमा दुलाह बिवाह मण्डपमै पब्जी खेलमा ब्यस्त भएको भिडियो भाईरल भएको छ । भिडियोमा दुलाहा बेहुलीसँग बसिरहेका देखिन्छन् । अहिलेका धेरै मानिसमाझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो– पब्जी ।पब्जी भनेको एउटा भिडियो गेम हो । जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिले खेल्ने गरेको एक अध्यानले जनाएको छ । कामधन्दा र लेखपढलाई छोडेर पनि पब्जी खेल्नेहरु धेरै छन् ।

नेपालमा सरकारले पब्जी खेलमाथी रोक लगाउने प्रयास गरेपनि यतिवेला भने सामाजिक सञ्जालमा एक भिडियो निकै नै भाईरल बनिरहेको छ । भाईरल भिडियोले मानिस खेलप्रति कति आकर्षित छन भन्ने अनुमान सजिलै लगाउन सकिन्छ ।

भिडियो बिवाह समारोहमा लिईएको हो जहाँ दुलाह र दुलहीको साथमा बिवाह समारोहमा थुप्रै शुभ चिन्तकहरु उपस्थित रहेका देखिन्छन । तर दुलाहले जन्ती र बिवाहलाई नै वेवास्ता गर्दे आफु पब्जी खेल्नमा नै व्यस्त रहेको भिडियोले अहिले चर्चा पाईरहेको हो ।

भिडियोका अनुसार दुलहीलाई वेवास्ता गर्दे र शुभ चिन्तकले दिन खोजेका कोसेलीहरुलाई पनि नकार्दे उक्त दुलाह पब्जी खेललाई नै निरन्तरता दिई रहेका देखिन्छन । सायद उनले आफु दुलाह भएको पनि भुलेर पब्जी खेललाई प्राथमिक्ता दिई रहेको भिडियोले अहिले समाजिक सञ्जालमा गरम मसला बनेको छ ।

हेर्नुहोस् भिडियो

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।