कडा ब्यङग्य ! ‘नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन !’

  NTV NPL

काठमाडौं  ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरिएको सम्बोधनप्रति कटाक्ष गरेका छन् । यसबाट राजतन्त्रकालको झल्को आएको उनको टिप्पणी छ । प्रवक्ता शर्माले ट्विट गर्दै राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन भनेका छन् ।उनले लेखका छन्, ‘राष्ट्रपतिलाई राष्ट्रपतिनै रहन दिऊ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन !’यसअघिका नीति तथा कार्यक्रमा प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेकी थिइन् । तर, यसपालीको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।

यो पनि पढ्नुहोस्

प्रमको नितिमा राष्ट्रपतिको २१ पटक ‘मेरो सरकार’ चौतर्फी ब्यङ्ग्य सुरु, राजतन्त्रको झल्को !

नेपाली पानीजहाजमा छिट्टै यात्रा गर्न पाइन्छः राष्ट्रपति

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस्

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।