नेपाली पानीजहाजमा छिट्टै यात्रा गर्न पाइन्छः राष्ट्रपति

  NTV NPL

काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी अहिले संघीय संसदमा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम घोषणा गर्दैहुनुहुन्छ । उहाँले घोषणाकै क्रममा अब नेपाली जनताहरुले नेपाली झण्डा सहितको पानीजहाज छिट्टै चढ्न पाउने बताउनु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने समेत बताउनु भयो । नेपालमा पानीजहाज ल्याउनका लागि कानुनी र पूर्वाधार तयार गर्ने काम अघि बढिरहेको समेत बताउनु भयो । काठमाडौंलाई चीन र भारत दुवै देशबाट रेलमार्गबाट जोड्ने समेत उहाँले बताउनु भएको छ ।

घषणाकै क्रममा उहाँले आउदो २ बर्ष भित्र नेपालमा रेलमार्ग बनाउने कार्य अघि बढ्ने बताउनु भएको छ ।

भिडियो हेर्न तल लिंक क्लिक गर्नुहोस्ः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।