गोरखामा जन्तीले केटी जिस्काएपछि लियो उग्ररुप,मारिए दुलाहाकै दाई,अश्रुग्याँस प्रहार

गोरखा, १९ वैशाख । गोरखाको पालुङटारमा बिवाहमा जन्ती आएका लम्जुङका एक युवकको कुटपीटमा मृत्यु भएको छ । केटी जिस्काएको भन्दै माईती तिरका स्थानीयले कुटपिट गरेपछि जन्तीको मृत्यु भएको हो भने लम्जुङको राइनास नगरपालिका ४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् । पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइते समेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।

केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गर्दा ३४ वर्षीया बिष्णुबहादुर कुमालको मृत्यु भएको थियो । कुटपिटमा संलग्न भएको आशंकामा १६ जनालाई पक्राउ गरिएको एसपी भोला रावलले बताए ।

बैबाहिक कार्यक्रम हुदै गर्दा एक युबकले माईती पक्षका युबतीलाई जिस्काएपछि उत्पन्न भएको बिबादले उग्र रुप लिए पनि बैबाहिक स्थलमा समाधान गरिएको थियो भने दुलही अनमाई सकेर लम्जुङ प्रस्थान गर्दै गर्दा पालुङटार भन्दा केहि तल बाटोमा एक समुहले गाडी रोकेर बिबाद गर्न थालेका स्रोत बताउछ ।

बिबादलाई साम्य पार्न ‘हामीलाई दुलही भित्राउनु छ हामीलाई जान दिनुहोस्’ भन्दै दुलाहाका दाई समुहलाई भन्दै गर्दा आक्रमणकारी समुह कुमाल माथि आक्रमण गरि मारेको स्थानीय एक युबाले नेपाली टिभिलाई बताए ।

File Photo*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।