नेपाल एअरलाइन्सका प्रबक्ता तथा पाइलट विजय लामा निलम्बित

१६ बैशाख, काठमाण्डौ ।

केहि दिन अघि नेपाल बायुसेवालाई दुबईका लागि उडान नदिदा करिब डेढ सय यात्रु अलपत्र परेपछि निगमका प्रबक्ता तथा पाईलट बिजय लामाले  एक युट्यूबमा च्यानलमा कडा शैलीमा अन्तर्बाता दिएका थिए । सोही अन्तर्बाताको कारण देखाउदै  नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामा निलम्बन गरेको छ । केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताएका थिए । भने,नेपाल बायुसेवालाई बदनाम गर्नका लागि समयमा उडान भर्न नदिएकाले यात्रुहरुले दुख पाएको भन्ने किसिमको अन्तर्बाता दिएका थिए ।

सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।

पाइलट लामाले उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहने अन्तर्वार्ता दिएकाले उहाँको उडानका क्रममा यात्रुले सुरक्षित महसुस गर्न नसक्ने भन्दै प्राधिकरणले उहाँलाई बर्खास्तको लागि नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको प्राधिकरणका एक कर्मचारीले बताए ।

‘उहाँ नेपाल वायुसेवा निगमका प्रवक्ता पनि हुनुहुने रहेछ, प्रवक्ताले नै एअरलाइन्सको बारेमा निकै नकारात्मक धारणा राखेको पाइयो, त्यसमाथि यात्रुको सुरक्षामा गम्भीर लापर्वाही गरेको देखिएकोले उहाँलाई हटाउन निगमलाई निर्देशन दिएका हौँ’, प्राधिकरणका एक अधिकारीले भने ।

पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उहाँले अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले नियम सिकाउन पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

यस बारे पाईलट बिजय लामाको प्रतिकृया आउन बाँकी छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।