१५ वैशाख ।
चीनको बेईजिङमा हालै सम्पन्न अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कन्फ्रेन्स अन्तर्गत दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ ।बिभिन्न देशका सयौ राष्ट्र प्रमुख सहित ५ हजार भन्दा बिशिष्ट ब्यक्तित्वहरुको सहभागीता रहेको उक्त सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामा नै सम्बोधन गर्नु भएको थियो ।
सम्मेलनमा नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेको जानकार बताउछन् ।करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मलेनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।