रिना मृत्यु काण्डःसिसि टिभिमा रिक्सामा लाश लगेको खुलासा

पथरी । शनिबार रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको घटना प्रकरणमा नयाँ तथ्य फेला परेको छ । मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिएको छ ।उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले ठेला चलाएर दगुरेका छन् । ठेलामा बेरिएको वस्तु शङ्कास्पद देखिन्छ । ती पुरुषले पाइन्ट सुर्केका छन् । जुत्ता पनि लगाएको देखिन्छ । पुरुषको अघिअघि एक जना महिला हिँडेकी छिन् ।

त्यो दृश्य अधिकांश पसलको सीसी टीभी फुटेजमा देखिएको छ । तर प्रहरीले भने यस एङ्गलबाट अनुसन्धान नै गरेको छैन । फुटेजसहित्का घटनाको प्रकृति हेर्दा हत्या नै भएको भन्न सकिने स्थानीय बताउँछन् । मृतक बस्नेतको खुट्टामा आलो माटो पनि देखिएको हँुदा कोठामा लडेर ज्यान गएको भन्न कठिन भएको स्थानीयको भनाइ छ ।

प्रहरीले घटनापछि रिनाको मोबाईल र कमलको मोबाईल नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको अनुसन्धान भईहरेको छ । सोही दिनको फुटेजमा माक्स लगाएको एक ब्यत्तिले अटोरिक्सामा बोराले छोपेर केही सामान ल्याएर घटनास्थलमा फालेको देखिएको छ । यी प्रमाणहरुले उनको अन्यत्र लगी हतया गरेर सोही ठाँउमा ल्याई फालेको स्पष्ट देखिएको स्थानीय बताउँछन । पथरीका विद्यार्थी नेता सुबिन पराजुली सामाजिक सन्जालमा लेख्छन्, रिनाको हत्या भएको रातको फुटेज । रिनाको खुट्टामा हिलो लागेको भेटिएको थियो, यो ठेला चलाउने मानिसले पेन्ट माथी सुर्केको देखिन्छ।।

गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो ।कसरी शुरु भयो पथरीमा आन्दोलन ?
शनिबार बिहान मर्निङ वाक गर्ने स्थानीयले पथरी १ मा एउटा नग्न शव घोप्टो परेको अबस्थामा देखे । प्रहरीले खबर पाएपछि आएर हेर्दा सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेत (रुपा) को शव भएको पुष्टि भयो । त्यसपछि हल्लाखल्ला शुरु भयो । रिनाका श्रीमान दुबईमा थिए । उनी १४ बर्षिया छोरा साईमन सँग पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन । नग्न अबस्थामा भेटिएको शव मोष्टमार्टमका लागी प्रहरीले लाने कोशिष गरेपनि मृतकका आफन्त र स्थानीयले केहीक्षण शव उठाउन दिएनन् । तर प्रहरीलाई जबरजस्ती शव उठाएर धरान पुर्यायो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।