नग्न अवस्थामा मृत फेला परेकी रिना बारे खुल्यो डरलाग्दो रहस्य

मोरङ ८ बैशाख । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो ।पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्निङ वाक गर्नेहरुले सबेरै देखेका थिए । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका पनि गरिएको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने त्यस्तो तथ्य भेटिएको छैन । उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् ।

यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो ।चोट देखिएको अवस्था छ,’एसपी केसी ले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ मृतक बस्नेतको शव नग्न अवस्थामा भेटिएको थियो ।घोप्टो परेको अवस्थामा रगत पनि बगेको थियो । त्यसैले उनलाई बलात्कार गरेर हत्या गरिएको हुनसक्ने आशंका सबैले गरे का छन् । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ, कोही आएको पनि देखिदैन,’मोरङ प्रहरी प्रमुख एसपी केसीले भने,‘छोरा पनि सँगै थिए, कोही आएको थाह पाइन भनेका छन्।’प्रहरीका अनुसार मृतक बस्नेतले शुक्रबार राती मदिरा सेवन गरेकी थिइन्।कन्स र्टबाट राती छोरासँगै कोठा आएको र आउदा पनि साथमा वियर लिएर आएको खुलेको छ ।

छोरासँगको कुराकानीमा पनि मृतकले मापसे गरेको खुलेको छ । ‘छोरासँगै आएर कोठामा सुतेका छन, आउदा वियर पनि लिएर आएका छन,’मोरङ एसपी केसीले भने,‘कोठामा अरु कोही आएको देखिदैन ।’घटनाक्रम र एउटै कोठामा भएको छोरासँगको प्रारम्भिक वयानबाट कतै ३ तला माथिबाट राती लडेर पो उनको ज्यान गएको हो कि भन्नेतर्फ पनि अनुसन्धान सोझिएको छ । मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।

‘कप डा पनि आफैले खोलेर राखेको, मापसे गरेको र कोठामा पनि कोही आएको संकेत नदेखिएकोले लडेको पो हो कि भन्ने पनि शंका छ, तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ,’मोरङ एसपी केसीले भनेका छन ।
त्यसो त मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको थियो । उनी निक्कै हतास थिईन ।

दिउँसो एक आफन्तको जन्मदिनमा सहभागी भएर आएका आमाछोरा बेलुका कन्सर्टमा जाने तयारीमा भएपनि आमा पुरै तनावमा देखिएको र आत्तिएको जस्तो लागेको उनका छोराले बताएका छन ।यस बिषयमा पथरी प्रहरीले कुनै प्रतिक्रिया दिन मानेको छैन ।

बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ । केही महिना यता बारम्बार पथरीमा घटनाहरु भईरहेका छन ।

पथरी प्रहरी यस बिषयमा निकम्मा बनेको स्थानीयको आरोप छ ।महिनादिनअघि सिक्का बारमा भएको हत्या,जंगलमा भेटिएको शव लगायतका आधा दर्जन बढी घटनामा प्रहरी निकम्मा देखिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।