श्रीलंकामा बम बिस्फोट,सय पचास बढीको मृत्यु,पाँच सय बढी घाईते

२१ अप्रिल सिड्नी ।

अहिले ईस्टर पर्ब चलिरहेको छ । ईस्टर चलिरहेकै बेला आईतबार बिहान श्रीलंकामा बम बिस्फोट हुदा ठुलो संख्यामा हताहत भएको छ ।श्रृङ्खलावद्ध विष्फोटमा एक सय पचास भन्दा बढीको मृ्त्यु भएको छ । भने,पाँच सय भन्दा बढी घाईते भएको खबर छ । तर,बिस्फोटमा कोही नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन् । राजदुतका अनुसार आज सरकारी विदा भएकाले सबै कार्यालयहरु बन्द हुनाले पनि धेरै मानिसहरु घटना हुन बाट बचेका छन्।

घटनापछि राजधानी कोलम्बोको सुरक्षा व्यवस्था कडा पारिएको छ भने आम जनतालाई धैर्य राख्न राष्ट्रपतिले सम्बोधन समेत गरिसकेका छन् ।

ईसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको समचार एजेन्सीले जनाएका छन् ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो। कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो। श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन्। आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन।

श्रीलंका बिस्फोटबारे राजदूत प्याकुरेलको ब्रिफिङ्ग : नेपालीहरु सुरक्षित छन्

श्रीलंका बिस्फोटबारे राजदूत प्याकुरेलको ब्रिफिङ्ग। सम्बन्धित समाचार यस लिङ्कमा: https://nagariknews.nagariknetwork.com/news/74607/

Posted by NagarikNews on Sunday, April 21, 2019

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।