सर्वोच्चले भन्यो पब्जी बन्द नगर

६ वैशाख, काठमाडौं ।

केहि दिन अघि नेपालमा पब्जी खेल्न प्रतिबन्ध गरिएको थियो । विश्वभर तहल्का मच्चाईरहेको पब्जी नेपालमा बन्द भएपछि अधिकांसले खुसी मनाए पनि केहिले भने बन्द गरिनु गलत भएको भन्दै अधिबक्ता प्रबिण सुबेदी सहित ६ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।सोहि आधारमा सर्वोच्चले  पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश समेत दिएको छ ।

पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै रिट दायर गरिएको थियो भने पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

शुक्रबार रिट निवेदकको पक्षबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।