नेपालको पहिलो स्याटलाइट ‘नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण प्रत्यक्ष प्रसारण हेर्नुहोस्

१८ अप्रिल सिड्नी ।

नेपालको पहिलो न्यानो स्याटलाइट ‘नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट अमेरिकी पूर्वी समय अनुसार अप्रिल १७ अपरान्ह ४ बजेर ४६ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट–१’ उडाईएको हो ।जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालको पहिलो स्याटलाइट बनाइएको हो।जापानमा बनाइएको यो स्याटलाइटको प्रक्षेपण चाहिँ अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट गर्न लागिएको हो । ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालका अतिरिक्त जापान र श्रीलंकाको न्यानो स्याटलाइट पनि एकसाथ प्रक्षेपण गर्न लागिएको छ। श्रीलङ्काको न्यानो स्याटलाइटको नाम ‘रावण–१’ राखिएको छ भने जापानको न्यानो स्याटलाइटको नाम ‘यु–बिसु’ राखिएको छ।

यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ। त्यसपछि त्यसलाई नेपाली आकाशमाथि ल्याइने बताइएको छ।  ‘नेपाली क्यूबसेट स्याट–१’मा नेपालको झण्डाका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को प्रतीकचिह्न अङ्कित हुने छ ।

प्रत्यक्ष प्रसारण हेर्नुहोस्ः
https://www.facebook.com/NASA/videos/366626787278834/

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।