काठमाण्डौ ।
नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा उपस्थिति जनाउँने भएको छ । नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगो सहितको उक्त भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ।
अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट उडाइने भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ। सो उडानको नासाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
तस्विरःनेपालको पहिलो स्याटेलाइट नेपाली-स्याट-१। तस्बिर सौजन्यः नास्ट