केन्याको बारबाट १२ नेपाली युबती पक्राउ

काठमाडौं । केन्याको एक नाईट क्लबमा १२ जना नेपाली युबती पक्राउ परेका छन् । स्थानीय प्रहरीले  नाइट क्लबमा छापा मार्दा  नेपाली युबतीलाई पक्राउ गरेको हो। उनीहरु मानव तस्करीको फन्दा बाट त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको हो । त्यसक्रमा प्रहरीले क्ल १२ नेपाली महिला संगै क्लब संचालक आसिफ अलिराली इलिभाइ जेजेठालाई समेत पक्राउ गरेको छ ।

उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ । प्रहरीले छापा मार्दा युबतीहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।

प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।