नेपाली नयाँ बर्षको अबसरमा अष्ट्रेलियाका प्रधानमन्त्री र बिपक्षि दलका नेताले दिए शुभकामना

१४ अप्रिल सिड्नी ।अष्ट्रेलियाका प्रधानमन्त्री र बिपक्षी दलका नेताले नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिएका छन् । नयाँ वर्ष २०७६ को पावन अवसरमा  नेपालीहरुलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसले संसार भर रहेका नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिएका छन् । विपक्षी लेवर दलका नेता बिल सर्टनले पनि नेपालीहरुलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मेरिसनले विज्ञप्तिमा अष्ट्रेलियाको बहुसाँस्कृतिक तथा बहुधार्मीक समुदायमा एक अर्काको परम्परा र संस्कृति सम्मान पूर्वक मनाउदै आएको उल्लेख गरेका छन् । बैशाख १ अर्थात अप्रिल १४ आईतवार जारी भएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले अष्ट्रेलियामा नेपाली समुदायले गरेको योगदानको पनि चर्चा गरेका छन् ।

यस्तै विपक्षी लेवर दलका नेता बिल सर्टनले नयाँवर्ष २ हजार ७६ सालको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गरेका छन् ।नेता सर्टनले शुभकामना सन्देश जारी नेपाली नयाँवर्ष मनाउने सबैलाई शुभकामना सन्देश पठाउन पाउँदा आफु निकै हर्षित भएको बताएका हुन् । शुभकामना सन्देशमा उनले भनेका छन्,‘अष्ट्रेलियाको बहुसास्कृतिक समाजमा नेपाली समुदायको योगदान महत्वपूर्ण भएको बताउदै नेपाली परिवारले आफ्नो जीवन कथालई अष्ट्रेलिया कथा बनाएकोमा गौरवान्वित छु ।’

त्यस्तै नेता सर्टनले आधुनिक अष्ट्रेलियाको स्वरुप विभिन्न फरक विस्वास र संस्कृतिहरुबाट नै सम्भव भएको उल्लेख गर्दै वहुसांस्कृतिक अष्ट्रेलियामा यस्ता चाडले आपसी गौरव र विस्वासलाई प्रसय दिएको र अष्ट्रेलियाको एकतालाई थप मजवुद बनाएको पनि उल्लेख गरेका छन् ।यस्तै आप्रवास, नागरिकता र बहुसास्कृतिक मन्त्री डेभिड कोलम्यानले पनि नेपाली नयाँ बर्ष २०७६ को अवसरमा सबै नेपालहरुमा शुभकामना संदेश दिएका छन् ।

नेपाली समुदायको बाक्लो बसोवास रहेको दक्षिण सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका मन्त्री कोलम्यानले अष्ट्रेलियालाई विश्वमै आप्रवासीहरुको सफल देश बनाउन नेपाली समुदायले खेलेको भुमिकाको प्रसंसा गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।