अविवाहितका लागि अष्ट्रेलियन पीआरमा थप १० अंक,के मा कति पोईन्ट (विस्तृतमा)

१० अप्रिल सिड्नी ।

अष्ट्रेलियनको पिआर लिने चाहना यहाँ आएका सबैको छ। तर,हरेक बर्ष सरकारले पिआर संख्यामा कटौटी गर्दै आएको छ । गत बर्ष २७ हजार पिआर कटौती गरेको सरकारले यस बर्ष पनि २७ देखी ३० हजारको हाराहारीमा पिआर कटौती गरेको छ ।दिनप्रतिदिन जटिल बन्दै गएको पिआर सिष्टममा फेरी केहि हद सम्म लचिलो हुने संकेत देखिएको छ । केहि समयमा सरकारले निर्णय गर्न लागेको पिआर पोईन्ट सिष्टमका बारे नया तथ्य सार्बजनिक भएको छ । यद्दपी सरकारी तबर बाट घोषणा भईसकेको छैन ।

यसै बिच अबिबाहितहरुका लागि पिआरको ईओआई निबेदन दिदा थप १० पोईन्ट अबिबाहितकै कारण पाउने खबर सार्बजनिक भएको छ । जस्का कारण डिभोर्ष बढ्ने सङकेत पनि देखिएको छ । पिआर लिनका लागि हदै सम्म अपनाउन समेत पछि नपर्ने देखिएका कारण पनि थप १० पोईन्ट पुरा गरेर पिआर लिनकै लागि पनि पारपाचुके बढ्ने निश्चत छ ।

आप्रवासीलाई दुर्गममा आकर्षित गर्न ग्रामिण क्षेत्रका लागी दुइ थप भिषाको व्यवस्था गरेको अष्ट्रेलियन सरकारले दुर्गममा बस्ने आप्रवासीहरुले आफ्नो पार्टनरको योग्यताका आधारमा १५ प्वइनटसम्म थप पाउने गरी कानुन संसोधन गर्न लागेको हो । यसरी एकातिर योग्य साथीका आधारमा थप १५ प्वइन्टसम्म पाउन सक्ने व्यवस्था एकातिर छ भने अर्कातिर अयोग्य साथी छोडी सिंगल हुदा थप १० प्वइन्ट पाउने व्यवस्था संसोधित कानुनमा रहेको छ । नयाँ कानुन अनुसार विज्ञान, गणित, प्रविधि वा इन्जिनियरिङ सम्बन्धी योग्यता भइ आफुसमेत अष्ट्रेलियन पीआरका लागी योग्य रहेका पार्टनर रहेका आबेदकले पार्टनरको माध्यमबाट थप १५ अंकसम्म पाउने छन् ।

नेपालबाट एकजना पढाइमा राम्रो र अर्को आर्थीक अवस्था बलियो (तर पढाइमा कमजोर) भएकाहरु जोडी बाधिएर अष्ट्रेलियन आउने गरेका कारण परिवर्तित कानुनले नेपाली माझ पारपाचुकेको अवस्था विकराल बन्ने सामाजिक सञ्जालकर्ताहरुले आशंका गर्न थालेका छन ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।