फेरी दुखद् खबर अष्ट्रेलियाको सडक दुर्घटनाका घाइते बलराम पराजुलीको मृत्यु

४ अप्रिल सिड्नी ।
केहि दिन अघि अष्ट्रेलियाको एनएसडब्लु राज्यको अल्बरी स्थित हुम हाईबेमा भएको सडक दुर्घटनामा नेपाली बिध्यार्थी आर्यन आचार्यको घटना स्थलमा नै मृ्त्यु भएको थियो । सिड्नी बाट मेल्बर्न जाने क्रममा ओभर स्पिडका कारण दुर्घटना भएको कारमा ५ युबा सवार थिए । दुर्घटनामा अन्य ४ घाईते थिए । जसमध्येका बलराम पराजुलीको उपचारको क्रममा निधन भएपछि अष्ट्रेलियाको नेपाली समुदाय बिच सन्नटा छाएको छ । बलरामले नै कार चलाएका थिए । भने,आचार्य अगाडीको सिटमा सबार थिए ।

अष्ट्रेलियाको नेपाली समुदायमा पछिल्लो समय दिन प्रति यस्ता किसिमको घटना घटिरहेको छ । सो घटनाका घाईते मध्येका रोशन भेटवाल भने अस्पताल बाट डिस्चार्ज भैसकेका छन् । भने,अन्य दुई युबाहरुको उपचार चलिरहेको छ । उनीहरु दुई खतरामुक्त छन् ।

पराजुलीको निधन मंगलबार साँझ भएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले बुधबार अपराहन्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत  पराजुलीको निधन भएको जनाएको हो ।दूतावासले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । नेपालमा रहेको परिवारका सदस्यहरुसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ । साथै दूतावासले विज्ञप्तिमा स्व. पराजुलीको उपचारमा सहयोग गर्ने अष्ट्रेलियाको प्रहरी, चिकित्सकहरु, क्यानबेरा अस्पतालका सबै कर्मचारीका साथै नेपाली समूदायलाई धन्यवाद दिएको छ ।

घटनामा मृत्यु हुने आचार्य र पराजुलीको सब नेपाल पठाउने तयारी चलिरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।