सबिन कार्की,सिड्नी
एक बन्दूकधारीले न्यूजील्याण्डको क्राईस्टचर्च स्थित मस्जिदमा उपस्थित मुस्लीमहरुमाथी आक्रमण गरेकाछन, धेरै मानिसहरूको मृत्यु भएको ख़बर छ। स्थानिय पुलिसका अनुसार यो सक्रिय शूटर संलग्न घटना हो र यसको अनुसन्धान हुँदैछ।
सो समय मस्जिदमा क़रीब ३०० जना मनिस रहेको र यसको बिबरण केहीबेरमा सार्वजनिक गर्ने पुलिसले जनाएको छ। एक संकास्पद सुटरलाई नियन्त्रणमा लिएको कुरा स्थानिय संचार माध्यमले जनाएकाछन।