काठमाण्डौ ।
बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ७ सवार यात्रुको निधन भएको खबर संगै मन्त्रीको दुर्घटना पुर्ब ताप्लेजुङमै सहभागी एक कार्यक्रमको तस्विर सार्बजनिक भएका छन् । हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी तथा यति एयरलाईन्सका निर्देशक आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए । उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।एयर डाइनेस्टीको ‘कलसाइन एएस-३५० हेलिकोप्टर’ काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो ।
हेर्नुहोस् मन्त्री अधिकारीको अन्तिम हसिला तस्विरः