दुखद् खबरः स्विमिङ पुलमा हराए नेपाली बिध्यार्थी

सिड्नी ।अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि फेरी दुखद् खबर आएको छ । अष्ट्रेलियामा पछिल्लो समय एकाएक दुखद् खबर आईरेहेका बेला फेरी पनि नेपाली बिध्यार्थीको दुखद् खबरले नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।

सिड्नीको चर्चित स्विमिङ पुल ‘फिगर ऐट’मा सोमबार दिउसो २ बजे २० बर्सिय एक नेपाली बिध्यार्थी डुबेर बेपत्ता भएका छन् । तर,उनी सगै पुलमा चिप्लिएर डुबेका एक युबाको भने प्रहरीले सकुसल उद्दार गरिएको छ । बेपत्ताको खोजि कार्य जारी छ ।

रोयल नेश्नल पार्कमा क्षेत्रमा रहेको पुलका कारण केहि साथि संग घुम्न गएका थिए । यस घटना बारे बुझ्न एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ संग बुझ्न खोज्दा आफुलाई जानकारी नभएको बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।