नेपाली विद्यार्थीको विचल्ली पार्ने मुख्य नाइके इक्यानकै अध्यक्ष भएको आरोप

ECAN President : BISHNU HARI PANDEY | File photo

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का अध्यक्ष विष्णुहरी पाण्डेकै संलग्नतामा अष्ट्रेलियामा १२ सय नेपाली विद्यार्थी अलपत्रमा परेको आरोप लागेको छ। पाण्डेनै सञ्चालक भएको रोयल कन्सल्टेन्सी नेपालको लागि आधिकारिक एजेन्ट भएको पुष्टि हुनुले यसको दोषी पाण्डेनै भएको अन्य कल्सल्टेन्सि सञ्चालकले आरोप लगाएका छन।अष्ट्रेलियामा नेपाली विद्यार्थी विचल्ली बनाउने एआइबिटी कलेजको एजेन्टको नाताले अब पाण्डे भाग्न नमिल्ने अन्य कन्सल्टेन्सीका सञ्चालकहरू बताउँछन्।

नाम नबताउने सर्तमा अर्का कन्सल्टेन्सी सञ्चालकले भने, ‘उनको एकाधिकार जस्तै रहेको एआइबिटी कलेजमा पढ्न गएका विद्यार्थीहरूको सम्पुर्ण जिम्मेवारी पाण्डेले नै लिनु पर्छ। हामीले उक्त कलेजमा विद्यार्थी पठाउने हो भने उनकै कन्सल्टेन्सीमा जानु पर्छ सिधै काम गर्नै पाइदैन भने यसको सम्पूर्ण दोषी त पाण्डे नै हो उनले किन नक्कली कलेजको एजेन्सी लिएर बसे त ?’

उनको स्वामित्वमा रहेको रोयल एजुकेसन फाउन्डेसनले उक्त कलेजको एजेन्टको काम गर्दै आएको छ। एआईबीटीमा विद्यार्थी पठाउन पाण्डेकै कन्सल्टेन्सीले अन्य कन्सटेन्सीसँग समन्वय गरी विद्यार्थी पठाएको हो।

स्रोतले हामीलाई दिएको जानकारी अनुसार नेपालमा भएका सबै कन्सल्टेन्सीहरुले विद्यार्थीहरूसँग आवश्यक डकुमेन्ट र तोकिएको रकम संकलन गरी पाण्डेकै कल्सल्टेन्सीमा बुझाएका थिए।

अन्य कन्सल्टेन्सीले संकलन गरेको कागजात पाण्डेकै माध्यमबाट अष्ट्रेलिया पठाइएको बताउँदै स्रोतले भन्यो,’यदि एआईबीटी नक्कली कजेल थियो भने पाण्डेले किन नेपालको आधिकारिक एजेन्सीको रुपमा काम गरे त ? यदि यो काण्डमा कारबाही गर्ने हो भने पाण्डेलाई कारबाही गर्नु पर्छ आरोप लागेका हामी जस्ता कन्सल्टेन्सीको कुनै दोष नै छैन।’

यसै समस्याका विषयमा इक्यानद्धारा फागुन ९ गते जारी गरिएको प्रेस विज्ञप्तिको बुँदा नम्बर ७ र ८ मा सम्बन्धनको विषय अष्ट्रेलियाको आन्तरिक समस्या भएको तर्क गर्दै आफूहरू पानी माथिको ओभानो बन्न खोजेको देखिएको छ।

अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाए पाण्डे लगायत दर्जन कन्सल्टेन्सीका सञ्चालकहरू हाल सम्पर्क बिहिन भएका छन्। कतिपय अष्ट्रेलियामा रहेको बुझिएको छ भने कति पय नेपालमै भएर पनि सम्पर्क बाहिर रहेका छन्।

यो काण्डमा जोडिएका कन्सल्टेन्सी सञ्चालकहरू प्राय सबै सत्तारुढ दल निकट भएकै कारण उनीहरुलाई कारबाही गर्न सरकारले आनाकानी गरिरहेको छ।

एआइबिटीमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरु

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्रान्ड एम्बेस्डर रहेको एक्सपर्ट भिसा एण्ड एजुकेसन सर्भिसले २ सय भन्दा धेरै विद्यार्थी सो कलेजमा पठाएको बुझीएको छ। सञ्जिव शर्मा सञ्चालक रहेको उक्त कम्पनिलाई सरकारले अहिलेसम्म छानबिनको दायरमा ल्याएको छैन। त्यस्तै कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत दर्जनौँ कन्सल्टेन्सले अष्ट्रेलिया विद्यार्थी पठाएका थिए।

त्यस्तै नेपालकै प्रतिष्ठित भनिएको अल्फा बिटाबाट गएका विद्यार्थी पनि विचल्ली भएका छन्। अल्फा बिटाले २ जना आफ्नो विद्यार्थी विचल्ली भएको जनाएको छ। त्यस्तै कंगारु एजुकेशनबाट गएका दर्जनौँ विद्यार्थी विचल्ली भएका छन्। कंगारुका सञ्चालक महेशबाबु तिमिल्सता हुन्।

सनराईज एजुकेशनका दर्जनौँ नेपाली अष्ट्रेलियामा अलपत्र छन्। अहिले एक्सपोर्टका बद्री अर्याल र सञ्जीव अधिकारी इम्पल्सका सन्दीप अर्याल लगायतका कन्सल्टेन्सी सञ्चालक अस्ट्रेलिया पुगेका छन्। त्यस्तै काठमाडौं इन्फोसिसका राजेन्द्र रिजालले ५ जना विद्यार्थी पठाएका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।