मोडलको असली अनुहार,१४ किलोग्राम चरेशसहित पक्राउ

काठमाडौं

मोडल कान्छीमाया घलेलाई प्रहरीले १४ किलोग्राम चरेशसहित पक्राउ गरेको छ ।नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घलेलाई काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट पक्राउ गरिएको छ ।लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घलेलाई बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट पार्सल गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यावसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यका अनुसार बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

अमात्यले भने कान्छीमायाले आफैँले चरेशको अवैध धन्दा गर्न लागेको साबिती बयान दिएकी बताए ।
तर यसबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

नेपालको विमानस्थल प्रयोग गरेर चरेश तेस्रो मूलुक पठाउन लागेको यो नयाँ शैलीको तस्करी भएको ब्यूरोले बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।