बिहेको हल्लापछि रबि र निकिताले मुख खोले,के पाक्दैछ खिचडी ?

काठमाडौं । डिभोर्स पछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको बताएका छन् । उनीहरुले शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी यि दुईले राम्रो साथि मात्रै भएको प्रतिकृया दिएका छन् ।‘वहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । फ्लोर फरक छ । छिमेकी भएपछी देख भेट नहुने कुरा भएन । तल माथी हुँदा देख भेट हुन्छ नहुने होइन । हाम्रो राम्रोसंग चिनजान भएको भर्खरै २ महिना मात्र भयो होला । पहिला पत्रकार रवी लामिछाने भनेर चिन्थेँ अहिले हामी राम्रो साथि हौँ । रवी जीको भलो नचाहनेहरुले उहाँलाई नराम्रो देखाउन यो कुराहरु गरेका हुन् जस्तो मलाई लाग्छ’, अध्यक्ष पौडेलले भनिन् ।

उनले थपिन् हुन त रवी जीको चर्चा धेरै भएर पनि होला यी कुराहरु आएको । नत्र डिभोर्स मेरो पनि भएको छ । खै त मेरो डिभोर्सको चर्चा भएन किन रवी जिको मात्र भयो त ? किनकी उहाँको बारेमा केही लेख्दा त्यो चर्चा बनिदिन्छ । त्यही चर्चाको लागि पनि त्यस्तो समाचारहरु आएका हुन्’।

रवी जिको पुर्व पत्नीलाई आफुले अहिले सम्म केही नभनेको र उनी को हुन् भनेर नचिनेको पौडेलको भनाई थियो । पौडेलले भनिन्,’नाम थाहा थियो तर उहाँसँग मेरो देख भेट या कुराकानी भएको छैन ।

यता लामिछानेको भनाई पनि निकिताको भन्दा फरक थिएन । उनले ती समाचारहरु देख्ने बित्तिकै फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन् । उनले आफ्नो जीवन कै सबै भन्दा तल्लो स्तरको पहिलो र अन्तिम स्टाटस भन्दै आफ्नो बिगतका बारेमा स्टाटसमा लेखेका हुन्। उनले भने, ‘निकिता जी र म राम्रो साथी हौँ । हामि निकै नजिक छौँ । बिहे नै भएको भन्ने कुरा त कि निकिता जी ले भन्नु पर्यो कि मैले । हामी दुवैले भनेका छैनौँ । मलाई चाहनेहरु, मेरो शुभचिन्तकहरुको ध्यान डाइभर्ट गर्नका लागि नियोजित ढंगबाट ती समाचारहरु आएका हुन् । यदी बिहे नै गर्ने हो भने भनेरै गर्छौँ । लुकाउन आवश्यक केही छैन । म सार्वजनिक व्यक्ति हुँ आफ्नै काममा ब्यस्त छु । मैले बाँकी मेरो कुराहरु मेरो फेसबुक स्टाटसमा लेखेको छु । त्यही नै सत्य हो ।’

तर,यि दुई बिचमा केहि न केहि खिचडी त पाक्दैछैन भन्ने किसिमको तर्क र चिया गफको सुरुवात नभएका भने होईनन् ।यद्दपी वास्तविकता आउने दिनले बताउनेनैछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।