पत्रकार रबि लामिछानेको डिभोर्स,निकिता संग गर्दैछन् तेस्रो बिहे

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो ।एक साताअघि दुवैले इन्गेजमेन्ट गर्ने आफ्ना साथीभाइलाई जानकारी गराएका थिए । तर, त्यस बीचमा रवि कुनै काममा लागेकाले हाललाई स्थगित भएको स्रोतले बताएको छ ।

निकिता पौडेलले भने आफूले रविसँग बिहे गर्ने निर्णय नै गरिसकेको उनी निकट निर्माता निर्देशकहरूलाई बताउँदै आएकी छन् । निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । उनी श्रीमान्सँग डिभोर्स भएर सात वर्षदेखि एक्लै बस्दै आएकी छन् ।

रवि लामिछाने पनि अहिले सिंगल छन् । गत मंसिरमा मात्र उनको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको थियो । रवि र इशाबीच २५ वर्षअघि बिहे भएको थियो । रविको जेठी श्रीमतीसँग दुईवटी छोरी छन् भने अमेरिकी युवतीसँग एक छोरा छन् । अमेरिकी युवतीसँग रवि ६–७ वर्षसँगै बसेका थिए । यो कुरा रवि आफैंले स्वीकारेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।