शुभारम्भ

औपचारिक रुपमा गत बर्ष देखि संचालनमा आएको नेपाली टिभि अष्ट्रेलिया पछिल्लो समयमा अष्ट्रेलियामा रहेका नेपाली समुदायका बिच लोकप्रिय बनेको छ । संचालनको छोटो अबधिमा नेपाली आम समुदायको माया र साथ पाउन सफल रहेको टिभिले आम समुदायको माग र अनुरोधलाई मध्यनजर गर्दै २४ सै घण्टा समचार तथा नेपाली समुदायको गतिबिधिलाई सम्प्रेषण गर्नका निमित्त नयाँ बर्ष २०१९ को पाबन अबसरमा २०१९ को पहिलो पल अर्थात् १ जनवरी २०१९ को पहिलो सेकेण्डमा नै नेपाली टिभि अष्ट्रेलियाको आधिकारिक बेभसाईट रिलिज गरिएको छ ।

डिजिटल मिडियाको पहुँच र प्रभाबकारितालाई आत्मसात गर्दै अष्ट्रेलियामा बसोबास गर्ने करिब डेढ लाभ भन्दा बढी नेपाली समुदायको मनोभावना बमोजिम समुदायका गतिबिधिलाई प्रभाबकारी रुपमा सम्प्रेषण गरी नेपाली समुदाय बाहेक अन्य समुदायमा पनि नेपाल र नेपालीको सफलताको कथा पेस गर्दै नेपालको पर्यटन प्रबर्दनमा समेत सहयोग गर्ने लक्ष्य सहित नेपालीटिभि डटकम डटएयु (nepalitv.com.au) को शुभारम्भ गरिएको घोषणा गर्न पाउदा हामी खुसीले फुरुङ छौ ।

नेपाली कला संस्कृतिको जगेर्ना तथा सम्बर्दनमा समेत चासो राख्दै नेपाल र नेपालीको शिरलाई उच्च राख्ने प्रतिबद्दता सहित शुभारम्भ भएको घोषणा गरिन्छ।

श्यामसुन्दर गिरी
निर्देशक

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।