पारस जन्मदिन मनाउन साथीहरुसंग चितवनमा

काठमाडौं । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो । श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुग्नुभएको थियो ।

यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ । उहाँ पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ ।झापामा रहँदा उहाँ आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम तय भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रलाई भेटेसंगै फागुन ७ गतेबाट आन्दोलन घोषणा गर्ने बताउदै आउनुभएको छ । लगत्तै झापामा विभिन्न तहका नेता कार्यकर्तासंग भेट गर्ने योजना रहेको छ ।झण्डै तीन साता लामो समयसम्म बस्ने योजना तय गर्नुभएका ज्ञानेन्द्रले यही फागुन ७ गते कोमलको जन्मदिन झापामै मनाउने कार्यक्रम तय गरेको स्रोतले जनाएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।