महिलाले मायाँका लागि र पुरुषले मनोरञ्जनका लागि गर्छन् सेक्स

30 Dec,
एजेन्सी । टेक्सास यूनिवर्सिटीका प्रोफेसर सिंडी मेस्टन र डेविड बसले लेखेको बिताब ‘वाइ वुमन हेव सेक्स’ मा महिलाले सेक्स गर्ने करीब २०० कारणहरु उल्लेख गरेका छन् । अनुसन्धानका क्रममा एक महिलाले आफुले सेक्स गर्ने कारण आफ्नो लोग्नेको स्पर्म बाहीर निकाल्नु मात्र रहेको बताएकी छन् ।अनुसन्धानमा सहभागी गराएका अधिकांश महिलाले पुरुष प्रति यौन आकर्षण नहुने बताएका थिए । अनुसन्धानका क्रममा मेस्टन र बसले बिभिन्न देशका एक हजार ६ महिलाको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा महिलाले सेक्स गर्ने फरक/फरक कारणहरु बताएका थिए ।
उनीहरुको यो अनुसन्धानले महिलाले सेक्स गर्ने २३७ वटा कारण रहेको निष्कर्स निकालेका छन् । सो अनुसन्धानमा महिलाले शारीरिक, भावनात्मक र बस्तुगत कारणले सेक्सका लागि पहल गर्छन् ।

केही महिलाले रेपको डरले त केही त माँया पाउन पनि आफुले सेक्सका लागि पहल गर्ने गरेको बताएका थिए । ‘पैसा, आफ्नो प्रवद्धर्न, लागूऔषध, बदला लिन, आफ्नो केटा साथीलाई जेलस बनाउन पनि महिला सेक्समा सहभागी हुने गरेको पाइयो,’ अनुसन्धानकर्ता मेस्टन भन्छन् ।

एक महिलाले टाउको दुख्ने समस्याबाटछुटकारा पाउनका लागि सेक्स गर्ने गरेको बताएकी थिइन् । १० जना महिलाले गिफ्ट पाउने लोभमा सेक्स गर्ने गरेको बताएका थिए । केही महिलाले डिनरका लागि त केहीले सपिङका लागि सेक्स गर्ने गरेको खुलासा गरेका थिए । यो अनुसन्धानमा सहभागी भएका विश्वविद्यालयमा अध्ययनरत १० मध्ये ६ महिलाले ब्याफ्रेण्डभन्दा बाहीरका पुरुषसंग पनि सेक्स सम्बन्ध राख्ने गरेको बताएका थिए । यी मध्ये केहीले आफ्नो सेक्स परफमेन्स राम्रो बनाउन परपुरुषसंग सेक्स गर्ने गरेको बताएका थिए । यो अध्ययनमा सहभागी महिलाले अग्लो पुरुष मन पर्ने अधिकांशको भनाई थियो । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

एक महिलाले आफ्नो यौन रोग सार्न पनि सेक्स गर्ने गरेको बताएकी थिइन् । केहीले पुरुषको सुगन्ध मनपराएर सेक्समा सहभागी हुने गरेको बताएका थिए । केही महिलाले पूर्ण मनोरञ्जनका लागि मात्र सेक्स गर्ने बताएका थिए । अनुसन्धानले महिलाले मायाँका लागि र पुरुषले मनोरञ्जनका लागि सेक्स गर्ने निस्कर्ष निकालेको छ ।

photo : google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।