६ पुष,काठमाण्डौ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नेकपाकै शिर्ष नेताहरुले चौतर्फी घेराबन्दीमा पारिएकाले संसद विघटन गरिएको दावी गरेका छन् । आज देशबासीका नाममा संवोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजिएको
ओलीले सम्बोधनका क्रममा बताएका थिए । लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिएको गुनासो प्रधानमन्त्रीले गरे । आफ्नै पार्टीका नेता प्रतिपक्षी नेता भन्दा पनि आक्रामक भएको टिप्प्णी ओलीको थियो ।
आफूले बाध्य भएर संसद विघटन गरी नयाँ जनादेशमा जानु पर्ने बाध्यता आईपरेको तर यो आकस्मिक भने नभएको ओलीले बताए । उनले प्रतिपक्षी र आफ्नै नेताहरुलाई लोकप्रियता मापन गर्न पनि नयाँ जनादेशले वातावरण दिने प्रधानमन्त्रीले बताए । सम्बोधनका क्रममा ओलीले प्रतिपक्ष भन्दा बढी नेकपाकै नेताहरुले सरकारलाई असहयोग गरेको समेत बताए ।







