संसद बिघटनको विरोधमा ७ मन्त्रीले दिए सामुहिक राजीनामा

५ पुष,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विगठन गर्ने गैरसंवैधानिक कार्य गरेको भन्दै मन्त्रिपरिषद्का सात सदस्यले सामूहिक राजीनामा दिएका छन् ।शिक्षामन्त्री गिरीराजमणि पोखरेल,उर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश भट्टराई,कृषिमन्त्री घनश्याम भुसाल,वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानीमन्त्री विना मगर र श्रम तथा रोजगारमन्त्री रामेश्वयर राय यादवले पत्रकार सम्मेलन आयोजना गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।