नेपालमा थप ८२१ जनामा कोरोना पुष्टी

२९ मंसिर,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३६ हजार ५ सय ७३ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३३ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २ सय ४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।