नेपालमा थप १३८२ जनामा कोरोना पुष्टी

२३ मंसिर,काठमाण्डौ ।
नेपालमा आज १३ सय ८१ जना कोरोना संक्रमित फेला परेका छन् । ८ हजार ९४७ जनाको परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। यस्तै मंगलबार एकैदिन १६ सय २१ जना कोरोना जीतेर डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ। कोरोना निको हुनेको दर ९४.१ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ६८६ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।