नेपालमा २४ घण्टामा १६ सय १४ कोरोना संक्रमित पुष्टी

११ मंसिर,काठमाण्डौ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।