बुटवलको कालिकानगरमा कार दुर्घटना सवार दुवै जना घाइते

बुटवल: बुटवलको कालिकानगरमा कार दुर्घटना भएको छ ।

बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको हो ।
कारमा दुई जना सवार रहेको दुर्घटनाबाट दुवै जना घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनीहरुको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ ।

तीव्र गतिको कार अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किएर सडकको अर्को लाइनमा पुगेको थियो । दुर्घटनाबाट कार क्षेतविक्षेत भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।