नेपालमा थप १७९० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुग्यो

९ मंसिर,काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।