नेपालमा थप २,१११ जनामा कोरोना पुष्टी

२८ कार्तिक,काठमाण्डौ ।
नेपालमा बितेको २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ । संक्रमितमध्ये जना कोरोना मुक्त भएका छन् ।पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ । यस्तै आज देशभर ३ हजार ५ सय ३७ जना कोरोना मुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।