नेपालमा कोरोना संक्रमित घटे

२७ कार्तिक,काठमाण्डौ ।
नेपालमा हिजोको तुलनामा आज कम संक्रमित थपिएका छन् । आज २ हजार भन्दा कम १९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । यसैगरी आज कोरोना मुक्त हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । कोरोनामुक्त हुनेको प्रतिशत ८१ भन्दा माथि रहेको छ । अब सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ ।पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।