नेपालमा बितेको २४ घण्टामा थप २७३९ जनामा कोरोना पुष्टी

२५ कार्तिक,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार आज सम्म एक लाख ९९ हजार ७६० जना संक्रमितको संख्या पुगेको हो । यस्तै आज ८५३ जना मात्र डिस्चार्ज भएका छन् । आज सम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको छ । कोरोनाबाट आजै मात्र २२ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ । कुल सक्रिय संक्रमित ३८ हजार ३५ रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।