२५ कार्तिक,काठमाण्डौ ।
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख र भारतीय सेनाध्यक्षको नेपाल भ्रमणपछि फेरी भारतीय बिदेश सचिब नेपाल आउने भएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराको बिबादलाई लिएर भारतले विदेश सचिवलाई नेपाल पठाउदैछ । यस अघि कार्तिक पहिलो साता रअका प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसगँ भेटेर फर्किएका थिए । कार्तिक १९ गते भारतीय सेना
अध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणमा आएका थिए । उनलाई नेपाली सेनाको मानार्थ सेनापतिको उपाधी पनि दिईएको थियो । यी भ्रमण पछि अब पुनः भारतीय विदेश सचिव हर्षबद्र्धन सिंग्रला मंसीर दोस्रो साता नेपाल आउने तय भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरत पौडेलसगँ भेटघाट गर्नेछन् ।
यसमा सीमा समस्याका लागि बार्ता जस्ता विषयमा पनि छलफल हुन सक्ने आकंलन गरिएको छ । सन् १९६२ मा चीनसगँ युद्ध भएका बेला नेपाली भूमिमा प्रवेश गरेको भारतीय सेना अन्य क्षेत्रबाट फिर्ता भए पनि कालापानीमा केन्द्रित भएर बसेको थियो । त्यही बेलादेखि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको अतिक्रमणमा परेको छ ।
पछिल्लो वर्ष भारतले कैलाश मानसरोबर जोड्ने बाटो नै नेपाली भूमि हुँदै बनाए पछि नेपालले पनि ती भुभाग समेटेर नक्सा बनाएको थियो । त्यस पछि भारत सगँ कुनै वार्ता संवाद हुन सकेको थिएन । भने नेपालले केहि महिना अघि अतिक्रमणमा परेका भुभागलाई समेटेर नयाँ नक्सा समेत जारी गरिसकेको छ ।







