नेपालमा थप २५७१ जनामा कोरोना पुष्टी,१८ को मृत्यु

२४ कार्तिक,काठमाण्डौ ।
नेपालमा आज २५ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो सगैँ संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।आजै नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना रहेका छन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।