विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

२४ कार्तिक,काठमाण्डौ ।
नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले सो जानकारी दिएका हुन् । शाक्यको नियुक्ती संगै सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीका ससुराली आफन्त (सालो) रहेको भन्दै प्रतिकृया आईरहेका छन् । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले शाक्यलाई एनईए इन्जिनियरिङबाट प्राधिकरणमा फिर्ता बोलाउन निर्देशन दिएका थिए । शाक्यलाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खाली रहेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।