नेपालले भारतलाई दियो १ लाख थान मास्क

२० कार्तिक,काठमाण्डौ ।
नेपाल सेनाले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा एक कार्यक्रमका बिच नेपालमा निर्मित एक लाख थान मास्क हस्ताण्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नरवणेलाई मास्क हस्तान्तरण गरेका हुन् । भारतको तर्फ बाट नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्स सहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल–भारत सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स, चार आइसियु भेन्टिलेटर, एक्सरे मेशिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेयिया मेशिन र प्रयोगशालासम्बन्धी उपकरण रहेको बताइएको छ ।

प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहारस्वरुप शान्तिका प्रतीक गौतमबुद्धको प्रतिमासमेत प्रदान गरेका थिए । यसअघि स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नाका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।