नेपालमा थप २२२५ जनामा कोरोना पुष्टी

८ कार्तिक,काठमाण्डौ ।
नेपालमा आज पछिल्ला केही दिनको तुलनामा कम कोरोना संक्रमित थपिएका छन् । दैनिक करीब ६ हजार सम्म संक्रमित पुगेको अवस्थामा आज भने देशभर गरी २ हजार २ सय २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १३ हजार ८ सय ४६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ हाल सम्म संक्रमितको संख्या एक लाख ५५ हजार २ सय ३३ पुगेको मन्त्रालयले विवरण सार्वजनिक गरेको छ । यसै गरी अन्य दिनको तुलनामा आज कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढीरहेको छ । आज २ हजार ८ सय ४६ जना संक्रमित निको भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या एक लाख ८ हजार ३ सय ३४ पुगेको छ । अब सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन् भने क्वारेन्टाईनमा ३ हजार ३ सय २२ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।