नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टी

६ कार्तिक,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ५५ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण भेटिएकाे हाे। याे सँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८ सय ७७ रहेकेा बताए । यस्तै २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा १२८३ , ललितपुरमा ११२ र भक्तपुरमा १५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।