५ कार्तिक,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा अहिले सम्मकै सर्बाधिक धेरै कोरोना संक्रमित पुष्टी भएको छ । आज मात्रै ५ हजार ७ सय ४३ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । २० हजार १ सय १८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी
दिए । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । संस्थागत आईसोलेसनमा १४ हजार ६ सय ७६ जना रहेका छन् । होम आईसोलेसनमा २९ हजार बढीरहेका छन् । क्वारेन्टीनमा ४ हजार ६५ जना रहेका छन् ।






