२ कार्तिक,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १४ हजार ८ सय ७५ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सकृय संक्रमितको संख्या ३९ हजार ३ सय ४१
पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ९ सय ३१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । आज २ हजार ३ सय २६ जनामा कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ जना रहेको छ । कुल संक्रमितको ६९.८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ८ सय ३१ जना रहेका छन् ।






