१ कार्तिक,काठमाण्डौ ।
काठमाण्डौं उपत्यकामा आज थप १ हजार ७ सय ४६ जनामा संक्रमित देखिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १हजार ४ सय ५१ , ललितपुरमा १ सय ५२ र भक्तपुरमा १सय ४३ रहेका छन् । उपत्यकामामात्रै देशै भर संक्रमितको आधा भन्दा बढी संक्रमित देखा परीरहेका छन् । नेपालमा आज ३ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् । १५ हजार ४ सय ३८ जनामा
गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २९ हजार ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । संस्थागत आईसोलेसनमा १३ हजार २ सय ९९ जना रहेका छन् । होम आईसोलेसनमा २५ हजार ४ सय ३८ जना रहेका छन् ।
आज १ हजार ८ सय जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ८ सय ४० जना रहेको छ । कुल संक्रमितको ६९.८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ७ सय १५ जना रहेका छन् ।







