काठमाडौंमा किरियापुत्री बसेको घरमा सिलिण्डर बिष्फोट,एक दर्जन बढी घाईते

२९ आश्विन,काठमाण्डौ ।
आज काठमाडौं नयाँबजारस्थित किरियापुत्री बसेको एक घरमा सिलिण्डर विस्फोट हुँदा कम्तीमा एक दर्जन मानिसहरु घाइते भएका छन् । म्याग्दीको बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवारका ५ जना घाइते भएका हुन् । बुधबार निधन भएका पतिको काजक्रियामा बसेकी निरकुमारीले प्रयोग गरेको ग्यास लिक भएर घरमा रहेका २ वटा सिलिण्डर विस्फोट भएको हो । विस्फोटमा परी किरीयापुत्री भेट्न आएका आफन्त म्याग्दी बेनीका चन्द्र केसीको खुट्टा भाँचिएको छ ।  विस्फोटबाट क्षत्रीको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छिमेकीको घरमा समेत क्षति पुगेको छ । विस्फोटबाट तीन सय मिटर परसम्म रहेका मानिसहरुसमेत सामान्य घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि मनमोहन अस्पताल र शिक्षण अस्पताल लगिएको छ । केसीको खुट्टा भाँचिए बाहेक अन्य घाइतेको अवस्था सामान्य रहेको आफन्त दुर्गा कार्कीले जानकारी दिए । source: tvannapurna

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।