२९ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । आज १६ हजार ५ सय ९८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ३ सय ३९ जना रहेका छन् । होम आईसोलेसनमा २४,१ सय ९४ जना रहेका छन् ।
आज ३ हजार ५ सय ६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ जना रहेका छन् । क्वारेन्टीनमा ४ हजार ८२ सय ५ जना रहेका छन् ।






