बिष्णु पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गरे,पहिलो निर्णय २० करोड ऋण लिने

२९ आश्विन,काठमाण्डौ ।
नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन् । बिहीबार दिउँसो सिंहदरबार स्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन् । पदभार सम्हाल्नु अघि उनी सहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए । पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन । उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने बताइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।