१६ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । १४७३९ जनामा गरिएको परीक्षणमा २७२२ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर हाल सम्म संक्रमितको संख्या ८२ हजार ४५० संक्रमित पुगेका छन् ।
यस मध्य २१२३४ सक्रिय संक्रमित रहेका छन् । हाल सम्म ६० हजार ६ सय ९६ जना कोरोना मुक्त भएका छन् । आज मात्रै ३३ सय ७ जना कोरोना मुक्त भएका छन् ।






